बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तारे हेटलमा सरकारी कार्यक्रम गर्न रोक लाउने तयारी

शुक्रबार, चैत्र २ २०७४

काठमाडौं चैत, २–
सरकारले खर्च व्यवस्थापन चुनौतीपूर्ण बनेको भन्दै  अनावश्यक खर्च कटौती गर्ने तयारी गरेको छ ।
अर्थ मन्त्रालयले अतिरिक्त खर्चको भार कम गर्न र खर्च व्यवस्थापनमा मितव्ययिता अपनाउन तारे होटेलमा गरिने कार्यक्रममा रोक लगाउने तयारी समेत गरेको छ ।  
अर्थ मन्त्रालय निकट एक अधिकारीका अनुसार सरकारी कार्यालयले स –साना कार्यक्रमसमेत तारे होटेलमा आयोजना गरी लाखौं रुपैयाँ सिध्याउन थालेपछि त्यसलाई रोक्न लागेको हो ।

 चालू आर्थिक वर्ष (२०७४÷७५) को अर्धवाषिर्क समीक्षामार्फत केही समयअघि मन्त्रालयले अत्यावश्यक बाहेकका खर्च कटौती गर्ने नीति लिएको थियो ।
बजेट समीक्षामार्फत मन्त्रालयले नयाँ स्थापना हुने कार्यालयबोहक साबिकको कार्यालयका लागि थप कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर, सवारी साधन लगायत खरिद नगर्न निर्देशन दिएको थियो ।

त्यस्तै, चालू खर्चलाई नियन्त्रण गर्न आगामी केही दिनभित्रै मन्त्रालयले मितव्ययिता नीति सार्वजनिक गर्ने तयारी सरकारको छ ।

त्यस्तै, तलब, भत्ता, पानी तथा बिजुली, संञ्चार महसुल र घरभाडा, बीमा, खाद्यान्न, औषधि खरिद जस्ता अनिवार्य दायित्वको विनियोजित रकम अन्यत्र चालू खर्चमा रकमान्तर नगर्ने घोषणा अर्थ मन्त्रालयले गरिसकेको छ ।

इन्धन, मर्मत, कार्यालय सामग्री, विविध, सेवा परामर्श, भ्रमण लगायतका चालू खर्च नियन्त्रण गर्ने घोषणा पनि मन्त्रालयले अर्धवाषिर्क समीक्षामार्फत गरिसकेको छ ।