बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओली र बंगलादेशका नागरिक उडड्यन मन्त्रीबीच भेटघाट

बुधबार, फाल्गुन ३० २०७४

काठमाण्डौ फागुन, ३०–
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री ए.के.एम. शाहाजहाँ कमालले शिष्टाचार भेट गरेका छन्  ।
प्रधानमन्त्री ओलीले गत फागुन २८ गते भएको यूस बंगलाको विमान दुर्घटनालाई दुखद भनेका छन् । मन्त्री कमालले नेपाल सरकारले  विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंशा गरेका छन् । नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन गरेको  मन्त्री कमालले जानकारी गराए ।
 प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री,सरकार र जनतालाई समवेदना सहित सहानुभुति प्रकट गरेका छन्  । प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिए । आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताए ।