शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बलिउड स्टार आमिर खान ५३ औं जन्मदिन मनाउदै

बुधबार, फाल्गुन ३० २०७४

काठमाडौं फागुन, १९–
१४ मार्च बलिउड स्टार आमिर खानको जन्मदिन हो ।   बलिउड फिल्म जगतकै  ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खान आजदेखि ५२ वर्ष पुरा भई ५३ वर्षमा प्रवेश गरेका छन् । १४ मार्च १९६५ मा मुम्बईमा जन्मेका आमिर आफ्नो जन्मदिन साधारण तरिकाले मनाउँछन् ।
 
परिवार र साथी–भाइबीच केक काट्छन् । उनीहरूसँगै रात्रिभोज गर्छन् । रात्रिभोजमा आमिरकी आमाले विशेष गरी शिख कबाब पकाउँछिन् । जो आमिरलाई अति मन पर्छ ।
 

बलिउड स्टार आमिरले निकै राम्रा र चर्चित फिल्ममा अभिनय गरेका छन् । उनी करिअरको सुरुवातमा  आफ्नो चकलेटी छविले लाखौँको मन जित्न सफल भएका कलाकार हुन् । पछिल्लो समय आमिरले वर्षमा लगभग एउटा  मात्र फिल्म खेल्ने गरेका छन् । अमिरले १९७३ मा ‘यादो की बारात’ फिल्ममा बाल कलाकारको अभिनयबाट आफ्नो करियर सुरु गरेका हुन् ।
 
१९८४ मा बनेको फिल्म ‘होली’ बाट उनी अभिनेतका रुपमा दर्ज भएका हुन्  ।  ‘लगान’,  ‘दिल चाहता है’, ‘तारे जमिन पर’, ‘गजनी’, ‘पीके’, ‘थ्री इडियट्स’, ‘धूम–३’,  ‘दंगल’  जस्ता ब्लकबस्टर फिल्मबाट उनले आफ्ना दर्शकको मन जित्न सफल भएका छन् ।

आमिर खान अहिले एक वर्षमा वा दुई वर्षमा एउटा फिल्म गर्छन् । तर, एक समय यस्तो थियो उनका एकै वर्षमा चार(पाँचवटासम्म फिल्म रिलिज हुन्थे । सन् १९९० मा उनका पाँचवटा फिल्म रिलिज भए ।
 
बक्स अफिसमा सय करोड क्लबको सुरुवात आमिर खानको ‘गजनी’ ले गरेको थियो । पहिलो पटक सय करोड क्लबमा प्रवेश गर्ने फिल्म आमिर खानको ‘गजनी’ हो । त्यस्तै, आमिरले भारतीय सिनेमाको ईतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म ‘पिके’ दिएका छन् ।
 
अहिलेसम्मको ईतिहासमा उनको ‘पिके’ ले सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ । ‘पिके’ ले वल्डवाइड ७ सय ९२ करोड कमाएको छ । त्यस्तै उनको अर्को सिनेमा ‘दंगल’ ले भारतमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ । २०१६ मा रिलिज भएको ‘दंगल’ ले भारतमा मात्रै  ३ सय ८६ करोड कमाएको छ ।
 
वैवाहिक जीवन
आमिरले जीवनमा दुई पटक विवाह गरे । उनले पहिले विवाह रीना दत्तसँग सन् १९८६ मा गरे । उनले बलिउडको स्टार बन्नु भन्दा पहिले नै विवाह गरेका थिए । छिमेकमा रहने रीनासँग विवाह गरेर दुई सन्तानका पिता बनिसकेका आमिरले सन् २००२ मा उनलाई डिभोर्स दिए ।
 
आमिरले रीनालाई डिभोर्स दिनुको कारण हो एक्स्ट्रा म्यारिटियल अफेयर । फिल्म ‘लगान’ को सुटिङ क्रममा आमिर किरण रावसँग नजिकिए । किरणको प्रेममा चुर्लुम्म डुबेका उनले रीनालाई डिभोर्स दिएर किरणसँग सन् २००५ मा विवाह गरे । विवाह पछि किरण र आमिर एक छोराका माता–पिता बनिसकेका छन् ।