काठमाडौं फागुन, १८–
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले फागुन २३ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकिृत श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । साथै उक्त बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रहदा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकको कार्य क्षेत्र विस्तार र उन्नत्तिका लागि पु¥याएको योगदानका लागि धन्यावाद समेत दिएको छ । त्यस्तै, रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा अर्को व्यवस्था नभएसम्मका लागि संचालक समितिले बैंकका नायव महाप्रबन्धक अर्जुन थापालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिने निर्णय समेत गरेको बैंकले जनाएको छ ।