काठमाडौं फागुन, १०–
एमाले–माओवादी पार्टी एकता गर्न दुबै पार्टीले कार्यदलको संयोजक बाँडफाँड गरेका छन् । एकतालाई टुङ्गोमा पुर्याउन गठन गरेको कार्यदलमा संयोजकको पदमा एमालेबाट बरिष्ठ नेता माधव नेपाल तथा माओवादी केन्दबाट नेता रामबहादुर थापा ‘बादल’ लाई संयोजकको जिम्मेवारी दिइएको हो ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले नेपाल र थापालाई सो जिम्मेवारी दिएको हो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले एमालेका नेता नेपाल र माओवादी केन्द्रका बादललाई संयोजकको जिम्मेवारी दिने प्रस्ताव पेश गरेका थिए ।
एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई निश्कर्षमा पुर्याउन दुई कार्यदल गठन गरेका थिए ।