बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चलचित्र क्षेत्रमा बक्स अफिस प्रणालीको औपचारिक सुरुवात

बुधबार, फाल्गुन २ २०७४

काठमाडौं फागुन, २–
नेपाल चलचित्र बिकास बोर्डले फागुन ७ देखि लागु  बक्स अफिस प्रणाली इ टिकेटिङ शुरु गर्ने भएको छ । मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरेर बक्स अफिस प्रणालीबारे  जानकारी गराएको हो । 

 संचारमन्त्री मोहनबहादुर बस्नेतको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

बक्स अफिस सिष्टम बोर्ड मातहतमा रहने बोर्डले जनाएको छ । यसको संचालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्ने समेत बताईएको छ ।  यस्तै उपत्यका बाहिर संचालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । 

कार्यक्रममा बोल्दै  संचारमन्त्री बस्नेतले बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा सम्पन्न भएकोमा खुशी समेत व्यक्त गरे । चलचित्रकर्मी, चलचित्र क्षेत्रसँग आवद्ध रहेका मानिसहरुलाई  प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बक्स अफिस प्रणालीले फाइदा पुग्ने समेत मन्त्री बस्नेतले आशा व्यक्त गरे  । मन्त्री बस्नेतले  चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न चाँडै नै दोलखामा फिल्म सिटी निर्माण कार्य थाल्ने समेत जानकारी गराए । 

त्यस्तै, बोर्ड अध्यक्ष निकिता पौडेल चलचित्र बिकास बोर्डमा नियुक्त भएको ३ महिना नबित्दै लामो समयदेखि चलचित्रकर्मीहरुले उठाउंदै आएको बक्स अफिसको मुद्दालाई ले पूर्णता दिन सफल भएकी छिन् । । फागुनदेखि उपत्यका भित्र संचालनमा रहेका मल्टिप्लेक्स सिनेमा हलहरुमा शुरु हुने इ टिकेटिङ सिष्टम बैशाख १ देखि सम्पूर्ण सिनेमा हलहरुमा लनगु गरिने भएको छ । त्यस्तै, साउन १ देखि उपत्यका बाहिरका सिनेमा हलहरुमा इ टिकेटिङ सिष्टमा जडान गरिने बोर्ड अध्यक्ष पौडेलले जानकारी गराईन् । 
बक्स अफिस प्रणाली पूर्ण रुपमा लागु भएपछि चलचित्रका निर्माताहरुलाई मात्र हैन सिनेमा हल संचालक, वितरकहरुलाई समेत फाइदा पुग्र्ने  अधयक्ष पौडेलको तर्क छ ।  आर्थिक पारदर्शिता हुने भएका कारण चलचित्रको व्यवसायसँग जोडिएका हरेक पक्षमा आर्थिक रुपमा उपलब्धी हुने समेत उनको भनाई छ । 

त्यस्तै, कार्यक्रममा बोल्दै बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जनले  बक्स अफिस प्रणालीद्धारा प्राप्त हुने आर्थिक रिपोर्ट चलचित्रका निर्माता, हल संचालक र वितरकले मात्रै हेर्न पाउने बताए ।