बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माघ २७ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्दै प्रदेश ३ को पहिलो बैठक सम्पन्न

बिहिबार, माघ १८ २०७४

काठमाडौं माघ, १८–
बिहिबार हेटौँडामा बसेको प्रदेश नं. ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । 

दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको हो । 
यस्तै  संसद नियमावली नबन्नुजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्यविधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणी पौडेलले गरेका छन् ।  उनले आजको बैठकबाट निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छन्  । आजको पहिलो बैठकमा 

पहिलो बैठकमा विभिन्न दलका प्रतिनिधी सांसदहरुले मन्तब्य राखेका छन् ।