बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेशसभाको बैठक बस्ने दिसम्म पनि सामान्य प्रशासन मन्त्रालयले पठाएका कर्मचारी हेटौंडा पुगेनन्

बिहिबार, माघ १८ २०७४

हेटौंडा माघ, १८–
तीन नम्बर प्रदेशको संसद संचालनका लागि सामान्य प्रशासन २७ जना कर्मचारी पठाउने निर्णय गरेको छ । तर, मन्त्रलायले पठाउने निर्णय गरेका २७ कर्मचारी मध्ये  प्रदेशसभाको बैठक हुने दिन बिहानसम्म  एकजना मात्रै हेटौंडा पुगेका छन् ।

यतिबेला संसद सचिवालयबाट प्रदेशमा खटाइएका ६ जना मर्यादापालकसहित सचिवालयका ३ जना सिनियर कर्मचारीहरु मात्रै हटौंडामा छन् । सहसचिव डा. रोजनाथ पाण्डे, उपसचिव अधिराज राई र शाखा अधिकृत विनोद पौडेललाई संसद सचिवालयले  एक महिनाका लागि  खटाए अनुसार उनीहरु अहिले  हेटौंडा पुगिसकेका छन् ।

तर, तालिम दिनेहरु कार्यस्थलमा पुगे पनि विहीबार बिहानसम्म सामान्य प्रशासन मन्त्रालयले खटाएका २६ कर्मचारीहरु तालिम लिनका लागि त्यहाँ हाजिर भएनन् । सामान्य प्रशासन मन्त्रालयले खटाएका २७ कर्मचारीमध्ये विहीबार बिहान ११ बजेसम्म एकजना कर्मचारीमात्रै सम्पर्कमा पुगेको प्रदेश सचिवालयले जनाएको छ । 

प्रदेशमा संसदीय अभ्यास पहिलो भएकाले कर्मचारीहरुलाई तालिम र प्रशिक्षणको आवश्यकता छ । तर, उनीहरु बैठक सुरु हुने बेलासम्म प्रदेश सचिवालयमा भेटिएनन् । यसले गर्दा केन्द्रीय संसदको सचिवालयका कर्मचारी र हेटौडाका केही सरकारी कर्मचारीकै भरमा बैठक अघि बढाउनुपर्ने स्थिति देखिएको छ ।

अहिले बैठकको तयारी सहसचिव डा. रोजनाथ, उपसचिव अधिराज र शाखा अधिकृत विनोदले गरिरहेका छन् । त्यस्तै 

बिहानैदेखि  आधादर्जन मर्यादापालकहरु पनि सभास्थलमा भेला भभैसकेका छन् ।