गोरखा माघ, १०–
बुधबार भएको बर्षासँगै गोरखाको उत्तरी भेगमा भारी हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार जिल्लाको उत्तरी सीमानामा पर्ने सामागाउँ, साम्दु, लो, चुम्चेत, गुष्टिपाखा, स्वाँरा लगायतका स्थानमा हिमपात भएको छ । मंगलबार रातिदेखी नै हिउँ पर्न थालेपछि उत्तरी क्षेत्रको जनजिवन कष्टकर हुँदै गएको छ ।
लाप्राक लगायतका क्षेत्रमा डेढ फिटभन्दा बढी हिमपात भैसकेको छ । हिमपात अझै जारी रहेको छ । पश्चिमी बायुवको प्रभावको कारण आज देशभरको मौसम परिवर्तन भएको छ । काठमाडौं उपत्यकामा पनि बिहानै देखी पानी परिरहेको छ । मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन भएका छन् । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन भएका हुन् । मनाङ प्रशासनले उद्दारका लागि पनि उपयुक्त अवसर नबनेको जानकारी गराएको छ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको हो । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । जिल्ला प्रशासन मनाङले जनाए अनुसार हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सञर सम्पर्कविहीन भउको छ ।