बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारले तोकेको अस्थायी राजधानीको विरोधमा देशका विभिन्न स्थानमा आन्दोलन

बिहिबार, माघ ४ २०७४

काठमाडौं माघ, ४–
बुधबार सरकारले प्रदेशको अस्थायी मुकाम  तोकेसँगै सरकारी निर्णय फिर्ता लिनुपर्ने भन्दै विभिन्न जिल्लामा आन्दोलन सुरु भएका छन् ।  बिहिबार  बिहानैबाट कुनै जिल्लामा  बन्द हड्ताल, प्रदर्शन र तोडफोडका घटना भैरहदा  कुनै जिल्लामा स्वागतमा दिपावली समेत भएका छन् ।  जनकपुर, बुटवल र सुर्खेतमा दिपावली भैरहदा  धनुकटा, दाङ, डोटी, कपिलबस्तु, वीरगञ्ज लगायतका स्थानमा भने  बन्दहड्ताल, प्रदर्शन र तोडफोड भएका छन् । बन्द तथा तोडफोड भएका  जिल्लाको जनजीवन अत्यन्तै अस्तव्यस्त भएको छ ।

स्थानीयबासीले प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै धनकुटामा आमहड्ताल र प्रदर्शनलाई निरन्तरता दिएका छन् ।  बिहीबार बिहानै उनीहरुले प्रधानमन्त्री शेरबहशादुर देउवाको पुतला दहन समेत दहन गरेका छन् ।  उनीहरुले आन्दोलनसहित  शहर परिक्रमा  गराएका छन् ।

आन्दोलनकारीले  बन्दको बेवास्ता गरेको भन्दै जिल्ला प्रहरी प्रमुखसहित तीनवटा नीजि सवारी साधन तोडफोड गरेका छन् । एसपी सुदिप राजभण्डारी सवार ना १ झ १३१४ नम्बरको गाडीमा तोडफोड भएपछि प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भइरहेको धनकुटाका पत्रकार रविन कट्टेलले जानकारी दिएका छन् । आन्दोलनकारीको समुह अहिले क्षेत्रिय प्रशासन कार्यलयतर्फ अघि बढेको छ । त्याहा तैनाथ सुरक्षाकर्मीले प्रशासन कार्यलयतर्फ जान रोक्ने प्रयास गरिरहेको छ ।

त्यस्तै, उता प्रदेश नम्बर ५ को राजधानी आन्दोलन बुटवललाई तोकेको विरोधम   दाङका विभिन्न स्थानमा अनिश्चितकालिन बन्द आब्हान गरिएको छ । बन्दकर्ताले निर्णय फिर्ता गर्नुपर्ने मागसहित अनिश्चितकालिन बन्द गरेको जनाएका छन् । बन्दका कारण त्यस क्षेत्रको जनजीवन पुर्णतया प्रभावित बनेको छ ।
आन्दोलन थप ससक्त बनाउन बुधबार बिहान दाङका सवै सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको प्रादेशिक राजधानी सरोकार समितिका सदस्यसचिव सविन प्रियासनले रातोपाटीलाई बताए ।

त्यस्तै, प्रदेश सातको राजधानीप्रति विरोध जनाउदै  डोटीमा पनि आन्दोलनको  आक्रोश बढेको छ । प्रदेश सातको राजधानी धनगढी तोकिएपछि आक्रोशित बनेका डोटीको दिपायलका स्थानीयले गएराती अबेरसम्म ढुंगामुढा र तोडफोड गरेका थिए । सरकारी निर्णय बदलेर क्षनेत्रिय प्रशासन कार्यलय भएको दिपायललाई नै प्रदेश ७ को राजधानी बनाउनुपर्ने उनीहरुको माग छ । निर्णय नसच्चाए आन्दोलन थप कडा बनाउने प्रदेश राजधानी आन्दोलन संयोजन समितिका संयोजक नरेन्द्र खड्काले बताएका छन् ।

 राजधानीको माग गर्दै आएको  कपिलवस्तुले पनि बुटवललाई राजधानी बनाएकोमा आन्दोलन घोषणा गरेको छ । सरकारले ५ नं प्रदेशको राजधानी रुपन्देही तोकेपछि कपिलवस्तु युवा संर्घष समितिको अगुवाइमा बिरोध गर्दै हिजो साझ ५ बजे बाट तीन दिन सम्म जिल्ला बन्द गर्ने निर्णय गरुेको छ । सरकारले प्राचिन कपिलवस्तुलाई हेला गरेको भन्दै राजधानीको विषयमा पुनबिचार गर्ने समितिले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै, प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन तिव्र भएको छ  । बिहीबार बिहानै स्थानीय, नेता कार्यकर्ता तथा अगुवाहरुले वीरगन्ज बन्द आह्वान गरेर विरोध सुरु गरेका हुन् । उनीहरुले  बीरगञ्जका चोकमा जम्मा भएर स्थानीयले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । सरकारले २ नम्बर प्रदेशको अस्थायी राजधानी  जनकपुर तोकेको छ ।