बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राइम बैंकको १० औ साधारणसभा सम्पन्न

शुक्रबार, पुष २८ २०७४

 

काठमाडौं पुस, २८–
प्राइम कमर्सियल बैंकको १० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभाको अवसरमा  बैंकले रु १.७०७ अर्व वरावरको बोनस सेयर प्रतिफलको रुपमा बितरण समेत गरेको छ । 

विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिङ सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले  आफनो  शेयरधनीहरुलाई २७.०० प्रतिशत बोनस सेयर  दिने निर्णय गरेको जनाएको छ । 
सो  साधारण सभाले श्री गजेन्द्र विष्टलाई सर्वसाधारण समूहबाट संचालकमा निर्वाचित समेत गरेको छ । 

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै जानुका साथै आपनो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन प्रतिवद्ध रहेको समेत जनाएको छ ।