बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रुपन्देहीमा गोली प्रहारबाट काठ व्यवसायीको हत्या

शुक्रबार, पुष २१ २०७४

काठमाडौं पुस, २१–
रुपेन्देहीको देवदह नगरपालिकामा एक व्यवसायीको गोली हानी हत्या गरिएको छ ।  शुक्रबार मध्यान्ह अपरिचित समूहले काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ । 
देवदह नगरपालिकाको खैरेनी ढेकारकमा काठको मिल संचालन गर्दै आईरहेका व्यवसायी पौडेललाई  आफ्नै  मिलमा बसिरहेको बेला  अज्ञात समुहले गोली प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकृतका अनुसार गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै मृत्यु भएको हो । पौडेलको टाउकोमा गोली लागेको थियो । घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । गत बर्ष  दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् । मृतक नेकपा एमालेको क्षेत्रिय सदस्य नीलकण्ठ पौडेलका  छोरा हुन् ।