बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेसँगको एकताबारे ठोस निर्णय गर्ने भन्दै माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दै

मंगलबार, पुष १८ २०७४

काठमाडौं पुस, १८–
मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक बस्न लागेको माओवादीले जनाएको छ । बैठकमा पछिल्लो राजनीति अवस्था, एमालेसँगको एकता तथा सरकार गठनकाबारे छलफल हुने माओवादीले जनाएको छ । आजको बैठक किन  पनि महत्वपूर्ण मानिएको छ भने माओवादीले आजको बैठकमा एमालेसँगको एकताकोबारेमा ठोस निर्णय समेत गर्ने जनाएको छ । 

माओवादीले पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने अडान राख्दै आएको छ भने एमाले यसमा तयार नभएको देखिन्छ ।

चुनावलगत्तै एकता प्रक्रिया अघि बढाउने निर्णय गरेका माओवादी–एमालेबीच नेतृत्वको विषयमा सहमति जुटन नसक्दा पार्टी एकता संयोजन समितिको समेत वैठक बस्न समेत सकेको छैन । तर, यहिबेला एमाले माओवादीको एकतालाई भाँड्नलाई विभिन्न चलखेलहरु समेत सार्वननिक भैरहेका छन् । एमाले र माओवादी गठवन्धनलाई तोड्न भन्दै नेपाली कांग्रेस लगायत तराई केन्द्रीत दलहरु समेत सक्रिय भैरहेको  समाचार सार्वजनिक भैरहेका छन् । केही दिन पहिले एउटै मञ्चबाट एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाले पार्टी एकता हुन नदिन विभिन्न चलखेलहरु भैरहेको समेत बताएका थिए । कांग्रेस सभापति समेत रहेका प्रधामन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई पाँच बर्षको लागि प्रधानमन्त्री स्वीकार्न तयार भएको देखि कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूलाई पार्टीले प्रचण्डलाई गठवन्धनबाट अलग बनाउन जिम्मेवारी दिएको भन्ने कुरा सार्वजनिक गर्नुले पक्कै पनि गठवन्धन तोडाउन केही शक्ति सक्रिय भएर लागेको प्रष्ट देखिन्छ । त्यस्तै, आजै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आकस्मिक रुपमा पार्टीका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाउनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।