बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभुु बैंकले हकप्रद सेयर निष्काशन गर्ने

मंगलबार, पुष १८ २०७४

काठमाडौ पुुस, १८–
प्रभुु बैंकले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले पुंजी बृद्धिको लागि यही माघ सात गतेबाट दुुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले हाल कायम रहेको चुक्ता पुंजीको १० बराबर चारको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी दुुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर जारी गर्ने छ । 
सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक सनराईज क्यापिटल रहेको बैंकको हकप्रद सेयरको बिक्री कार्य फागुन १३ गतेसम्म कायम रहने छ । अधिकृत पुंजी १० अर्ब तथा जारी पुंजी आठ अर्ब २३ करोड ३९ लाख रुपैयाँ रहेको बैंकको हाल चुक्ता पुंजी पाँच अर्ब २३ करोड ३९ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्री पश्चात बैंकको चुक्ता पुंजी आठ अर्ब २३ करोड ३९ लाख रुपैयाँ पुुग्ने छ ।