काठमाडौ पुुस, १२–
नेप्से निरन्तर उच्च अंकले घट्दै जाँदा लगानीकर्ताहरुको होस गुम्दै छ भने बीमा समुहका लगानीकर्ता हत्तोत्साही भएका छन् । बुुधबार पनि नेप्से २१ दशमलव ५३ अंकले घटेर १४ सय २५ दशमलव ५१ अंकमा झरेको छ भने सेन्सिटिभ पनि चार दशमलव ७२ अंकले घटेर तीन सय दशमलव १३ बिन्दुुमा झरेको छ । आज कुुल एक सय ५६ कम्पनीहरुको सात हजार दुुई सय ८४ वटा कारोबारमा १३ लाख ६८ हजार चार सय ७५ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ७६ करोड ५७ लाख ६९ हजार छ सय ६२ रुपैयाँ पुुगेको छ ।
कुुल नौ वटा समुहको कारोबार भएकोमा आठ वटा समुहको सुचक उच्च ंअंकले घटेर एउटा सुचक सामान्य अंकले बढेको छ । बीमा समुहको सुचक एक सय ३६ दमशलव ९१ अंकले घटेर सात हजार दुुई सय ९९ दशमलव ६१ अंकमा कायम रहेकोमा ११ करोड आठ लाख ७८ हजार रुपैयाँको कारोवार भएको छ । वाणिज्य बैक समुहको सुचक १७ दशमलव ८६ अंकले घटेर १२ सय २१ दशमलव ८० अंकमा कायम रहेकोमा ३४ करोड ६८ लाख छ हजार रुपैयाँको कारोबार भएको छ । अन्य समुहको सुचक पनि आज २० दशमलव ५३ अंकले घटेर आठ सय २८ दशमलव एक अंकमा कायम रहेकोमा तीन करोड ९५ लाख दुुई हजार छ सय रुपैयाँको सेयर कारोबार भएको छ ।
उत्पादनमुुलक समुहको सुचक सामान्य अंकले बढेपनि लघुबित्त, होटल लगायतका समुहको सुचक आजपनि घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ महुली सामुुदायिक लघुुबित्त संस्था २९२० ९.९८
२ ललितपुर फाईनान्स १९२ ४.९२
३ नेपाल लाईफ इन्स्योरेन्स (संस्थापक) ११०० ४.७६
४ बोटर्लस नेपाल (तराई) ७८४५ १.८२
६ ज्योति बिकास बैंक १७४ १.७५
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ सिन्धुु बिकास बैंक १५२ ५.६२
२ प्रभुु बैैंक ३२१ ४.४६
३ कामना सेवा बिकास बैंक १७७ ४.३२
४ कर्णाली बिकास बैंक २५८ ४.०८
५ प्रोग्रेसिभ फाईनान्स २१४ ४.०५