काठमाडौं पुस, १२–
बुधबार ट्राफिक प्रहरीले ३० वटा चोरीका मोटरसाइकल सवारी धनीलाई बुझाएको छ । काठमाडौंको बग्गी खानामा जम्मा गरेका ३० वटा मोटरसाईकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार पीडितले दिएको उजुरीको आधार धनी पत्ता लगाइएको मोटरसाईकल हस्तान्तरण गरिएको हो । महाशाखाका अनुसार बग्गीखानामा अझै २७ वटा चोरी मोटरसाईकल रहेका छन् । उनीहरुको पनि धनी पत्ता लगाउन अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।
महाशाखाले काठमाडौं उपत्यका भित्रबाटै धेरैजसो मोटरसाइकल चोरी भएको पनि स्पष्ट पारेको छ । चोरी मोटरसाईकल बेच्न खोज्ने क्रममा ग्यारेजमा पु¥याएपछि नियन्त्रणमा लिन सफल भएको ट्राफिक महाशाखाले जनाएको छ ।
केही मोटरसाईकल बेवारिसे अवस्थामा छाडिएको भेटिएको पनि बताईएको छ । उता धनी नखुलेका चोरीका मोटरसाईकल भने आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा पठाउने गरेको महाशाखाले जनाएको छ ।