काठमाडौ पुुस, ९–
प्रभुु बैकले हकप्रद शेयर जारी गर्ने भएको छ । बैकलाई नेपाल धितोपत्र बोर्डले दुुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नको लागि अनुुमती दिएको छ ।
बोर्डले बैकलाई चुक्ता पुंजीको १० बराबर चारको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी दुुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती दिएको हो । बैकको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धककोरुपमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।