बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यसकारण बोलायो माओवादीले केन्द्रीय कार्यालय बैठक

आइतबार, पुष २ २०७४

काठमाडौं पुस, २–
एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकता तथा सरकारमा हुने सहभागिताबारे छलफल गर्न माओवादी केन्द्रले आन्तरिक छलफल सुरु गरेको छ ।  
दुई पार्टीले  आन्तरिक छलफल तिव्र बनाईरहेकोबेला माओवादी केन्द्रले सोमवार पार्टी केन्द्रीय कार्यलयको वैठक बोलाएको छ । 
वैठक सोमबार  ३  बजे बस्ने माओवादीले जनाएको छ । 
एमाले र माओवादीले बामगठबन्धन बनाएर चुनावी तालमेल गरेका थिए ।
तालमेलसँगै उनीहरुले भविष्यमा पार्टी एकतासम्म जाने निर्णय गरेका थिए । तर, पार्टी एकताको धेरै विषय भने टुंगिन वाँकी छन् ।