बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एभरेष्ट बैंकमार्फत हुुण्डीको कारोबार हुुने गरेको आशंका

आइतबार, पुष २ २०७४

काठमाडौं पुस, २–
भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैकमार्फत राष्ट्र बैकले गैरकानुनी मानेको हुुण्डीको कारोवार हुुने गरेको आशंका गरिएको छ । नेपालको बैदेशिक व्यापारको ठुुलो हिस्सा भारतसंग र भारतमार्फत हुुने र भारतीय सिमा जोडिएका जिल्लाका धेरै नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका छन् । सोही आधारमा पनि एभरेष्ट बैंकलाई  हुुण्डीको कारोवार गर्न सहज भएको दावी स्रोतले गरेको छ । 
भारतबाट सामान आयात गर्दा व्यापारीहरुले सामानको कम बिजकीकरण गरी भन्सार तिर्ने र अपुुग भएको रकम एभरेष्ट बैंकमार्फत हुुण्डी गरी पठाउने गरेको बुझिएको छ  । बैंकले ईण्डो रेमिटेन्सको नाउँमा हुुण्डीको कारोवार फैलाएको समेत दावी  छ  । बैकको निक्षेप र कर्जामा खासै सुधार नआएको अवस्थामा नाफा बढनुुको प्रमुुख कारण पनि अवैधरुपमा आर्जन गरेको रकम भएको थाहा भएको छ  । बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ५१ करोड ३४ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
नेपाल राष्ट्र बैकले वाणिज्य बैकहरुलाई न्युुनतम ८ अर्ब रुपैयाँ चुक्ता पुंजी पुर्याउन निर्देशन दिएको भएपनि एभरेष्टको चुक्ता पुंजी अहिले ६ अर्ब ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । राष्ट्र बैकले यही पुस मसान्तसम्म वाणिज्य बैकलाई ८ अर्ब रुपैयाँ चुक्ता पुंजी पुरयाउन निर्देशन दिएकोमा सो अनुरुप एभरेष्टले चुक्ता पुंजी पुर्याउन सकेको छैन ।  अर्को तर्फ बैकले जोखिमयुुक्त मानिएको घरजग्गा क्षेत्रमा पनि कर्जा बढाएको छ । एभरेष्टले घरजग्गा क्षेत्रमा चार अर्ब तीन करोड ६६ लाख ६२ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको छ भने बैकको राईट व्याक रकम २४ लाख ५५ हजार रुपैयाँ मात्र रहेको छ ।