काठमाडौं मंसिर, २०–
निर्वाचन हुनु एक दिन अगाडी पनि मुलुकका विभिन्न स्थानमा बम आतंक निरन्तर
रहेको छ । बुधबार बिहान प्युठान र सिरहामा फेला परेका बम नेपाली सेनाले निष्कृय पारेको छ ।
प्युठान नगरपालिका ६ जुम्रीमा माओवादी केन्द्रका प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार राधा अधिकारीको घर अगाडि फेला परेको टाइम बम सेनाले निष्कृय पारेको हो । प्रहरीले उक्त बम निर्वाचन बिरोधिले मतदातालाई तर्साउन राखेको हुनसक्ने अनुमान गरेको छ ।
त्यस्तै, उता सिरहाको लहान नगरपालिका–९ मा बुधबार बिहान फेला परेको सकेट बम पनि नेपाली सेनाले निष्कृय पारेको छ ।
लहान नगरपालिका–९ गोठटोलस्थित विन्देश्वर साहको घर नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।