बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिटिजन्स बैंकको अत्याधुनिक वेवसाइट सार्वजनिक

मंगलबार, मंसिर १९ २०७४

काठमाडौ मंसिर, १९–
सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडको  अत्याधुुनिक वेभसाईट सार्वजनिक भएको छ । उक्त वेभसाईटलाई धधध।अतशलदबलप।अयm मा हेर्न सकिने छ । बैकका अनुसार बेभसाईटलाई डायनामिक भर्सनमा स्तर बृद्वि गरिएको छर अव उपरान्त यस लाई कुनै पनि स्मार्ट फोन बाट सजिलै  प्रयोग गर्न सकिने छ । 

वेभसाईटमा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध छ । यसबाहेक अनलाईन आस्वा, डिम्याट, ग्राहक पहिचान सम्वन्धी बिवरण, मेरो सेयर, स्मार्ट बैकिङ लगायतका आर्कषणहरु रहेकाकारण कारण वेभसाईट अत्यन्त ग्राहकमुुखी भएको बैंकले जानकारी दिएको छ । 
नयाँ वेभसाईटको सर्वजनिकरण गर्दै गर्दा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे कुरा व्यक्त गरेकाछन ।  आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिंग सेवालाई सरल र छरितो रूपमा  पुर्याउन बैंक कटिवद्ध रहेको कुरा जानकारी दिएकाछन ।