काठमाडौं मंसिर, १६–
नेपाली कांग्रेसका युवा नेता एवम् तनहु क्षेत्र नं. २(१) का प्रदेशसभा उम्मेदवार प्रदिप पौडेलको घरमा बम प्रहार गरिएको छ । शनिबार बिहान ४ः४० बजे नेता पौडेलको निजि निवासमा बम प्रहार गरिएको हो । नेता पौडेलको गणपतेस्थित निजी निवासमा गरिएको प्रहारबाट कुनै मानवीय क्षेति नभएको पौडेल निकट एक कांग्रेस कार्यकर्ताले जानकारी गराए ।