बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उदयपुरमा एम्बुस थाप्ने मुख्य नाईके पक्राउ

बिहिबार, मंसिर १४ २०७४

उदयपुर मंसिर, १४–
उदयपुरमा बुधबार कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की लगायत कांग्रेस कार्यकता चढेको गाडीलाई एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ परेका छन् । बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेँसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो । 
 एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको  छ । उनको साथबाट त्यतिबेला प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाई छ । घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको बताईएको  छ ।   

बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो । एम्बुसबाट सख्त घाइते कार्की र उनका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए ।