बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

क्रेडिट कार्डबाट २० प्रतिशत भन्दा बढी रकम झिक्न नपाईने

बिहिबार, मंसिर १४ २०७४

 
 
काठमाडौ मंसिर, १४–
ग्राहकलरुे क्रेडिट कार्डबाट अब २० प्रतिसत भन्दा बढी रकम झिक्न नपाउने भएकाछन ।  राष्ट्र बैकले भुक्तानी सम्वन्धी कार्य गने संस्था र संयन्त्रलाई प्रदान गरिने अनुुमती नीति २०७३ र नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, डेविट कार्ड, प्रिपेड कार्ड र मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा लगायत अन्य विद्युतीय माध्यमबाट गरिने कारोवारलाई व्यवस्थीत गर्नको लागि भन्दै कारोबारमा न्युनतम सिमा तोकेको हो । 
यस्तो छ, राष्ट्र बैकले बिद्युुतीय कारोवारलाई व्यवस्थीत गर्न जारी गरेको निर्देशन
(क) सामान्यतयाः क्रेडिट कार्ड बाट नगद कारोवार गर्न पाइने छैन । ग्राहकलाई नगद अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २० (वीस) प्रतिशतसम्म झक्न वाधा पुगेको मानिने छैन ।
(ख) क्रेडिट कार्ड  बाट नगद कारोवार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहँुदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बैंकमा जम्मा गरी समयावधि अगावै पुनः नगद झिक्न पाइने छैन ।
(ग) प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम रु. १,००,०००।– (अक्षरेपि एक लाख) सम्मको कार्ड जारी गर्न सकिनेछ ।
(घ) प्रिपेड कार्ड बाट नगद झिक्दा प्रति कारोवार न्यूनतम रु. ५००।– (अक्षरेपि पांँच सय) देखि अधिकतम रु. ५,०००।– (अक्षरेपि पाँचं हजार) सम्म वा प्रति महिना अधिकतम रु. २५,०००।– (अक्षरेपि पच्चीस हजार) सम्म नगद झिक्न पाइनेछ ।
(ङ) डेबिट कार्ड बाट नगद कारोवार गर्दा न्यूनतम प्रति कारोवार रु. ५००।– (अक्षरेपि पाँच सय) देखि अधिकतम रु. २५,०००।– (अक्षरेपि पच्चीस हजार) सम्म झिक्न पाइनेछ । यस्तो कारोवार प्रति दिन ४ (चार) वटासम्म कारोवारका दरले अधिकतम रु. १,००,०००।– (अक्षरेपि एक लाख) सम्म कारोवार गर्न पाइनेछ । तर, बैंक तथा वित्तीय संस्थाहरुले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा घटाउन सक्नेछन् ।
(च) प्राप्ती गर्ने र जारी गर्ने फरक संस्था भई डेबिट कार्ड बाट रकम झिक्दा माथि बुँदा (ङ) मा उल्लेख गरिएको कारोवारको सीमासम्मको रकममा एकरुपता हुने गरी बैंक  तथा वित्तीय संस्थाले आफ्नो सिस्टममा आवश्यक व्यवस्था मिलाउनु पर्नेछ । साथै, यस्तो कारोवारमा लिने सेवा शुल्क उपयुक्त माध्यममार्फत् सार्वजनिक गर्नुपर्नेछ ।
मोबाइल बंैकिङ्गको माध्यमबाट वा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोवार 
(क) मोवाइल बंैकिङबाट भुक्तानी कारोवार गर्दा एक पटकमा बढीमा रु. ५,०००।– (अक्षरेपि पांँच हजार) सम्म वा प्रति दिन अधिकतम रु. १०,०००।– (अक्षरेपि दश हजार) सम्मको कारोवार गर्न पाइनेछ । तर, मासिक रुपमा रु. ५०,०००।– (अक्षरेपि पचास हजार) भन्दा बढीको भुक्तानी कारोवार गर्न पाइने छैन । (ख) इन्टरनेट बैंकिङबाट भुक्तानी कारोवार गर्दा दैनिक अधिकतम रु १,००,०००।– (अक्षरेपि एक लाख) सम्मको कारोवार गर्न सकिनेछ । तर, मासिक रुपमा अधिकतम रु. ५,००,०००।– (अक्षरेपि पाँच लाख) भन्दा बढीको भुक्तानी कारोवार गर्न पाइनेछैन ।
(ग) इन्टरनेट बैंकिङको माध्यमबाट बंैक तथा वित्तीय संस्थाहरुको खातामा ट्रान्सफर गर्दा एक पटकमा
अधिकतम रु १,००,०००।–(अक्षरेपि एक लाख) र मासिक रुपमा अधिकतम रु. १०,००,०००।– (अक्षरेपि दश लाख) सम्मको कारोवार गर्न वाधा पुगेको मानिने छैन ।
भुक्तानी सेवा प्रदायकबाट सञ्चालितसेवाको माध्यमबाट गरिने कारोवार 
(क) भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेकोमा ग्राहकले भुक्तानी सम्बन्धी कार्यको लागि नगद वा ट्रान्सफर गरी रकम जम्मा गर्न सक्नेछन् । नगद जम्मा गर्दा सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक प्रतिनिधी वा सहायक प्रतिनिधी मार्फत् पनि गर्न सकिनेछ । (ख) प्रतिनिधी वा सहायक प्रतिनिधी मार्फत वालेट मा एक पटकमा अधिकतम रु. ५,०००।– (अक्षरेपि पाँच हजार) सम्म नगद जम्मा गर्न सकिनेछ । प्रति दिन अधिकतम रु. १५,०००।– (अक्षरेपि पन्ध्र हजार) र मासिकरुपमा अधिकतम रु. २५,०००।– (अक्षरेपि पच्चिस हजार) सम्म रकम जम्मा गर्न सकिनेछ ।
(ग) प्रतिनिधी  वा सहायाक प्रतिनिधी मार्फत् भुक्तानी गर्दा एक पटकमा अधिकतम रु. ५,०००।– (अक्षरेपी पांँच हजार) सम्म भुक्तानी गर्न सकिनेछ । यसरी कारोवार गर्दा प्रति दिन अधिकतम रु. १५,०००।– (अक्षरेपि पन्ध्र हजार) र मासिक अधिकतम रु. २५,०००।– (अक्षरेपि पच्चीस हजार) भन्दा बढीको भुक्तानी कारोवार गर्न पाइने छैन ।
(घ) नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर,
रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरु सम्बन्धित निकायहरुले विद्युतीय माध्यमबाट
भुक्तानी गर्न सकिने गरी नीतिगत व्यवस्था गरेको अवस्थामा बील बमोजिमको रकम ध्बििभत मार्फत्
भुक्तानी गर्न सकिनेछ ।
(ङ) प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा
प्रदायक संस्थाहरु, खानेपानी सेवा, शिक्षण संस्था (विद्यालय÷कलेज) स्वास्थ्य संस्था, यातायात सेवा, होटल तथा रेष्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता जस्ता सेवाहरुको आवधिक रुपमा भुक्तानी गर्नुपर्ने शुल्कहरुको बील बमोजिमको रकम वालेटबाट भुक्तानी गर्दा माथि बँुदा नं (ख) र (ग) मा गरिएको व्यवस्थाले बाधा पुगेको मानिनेछैन । यसरी भुक्तानी गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्नेछ ।
विद्युतीय रकम ट्रान्सफर गर्ने 
(क) भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेका वालेटमा वा एक वालेटबाट अर्कोे वालेटमा रकम ट्रान्सफर गर्न सकिनेछ ।
(ख) बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट अर्कोमा रकम ट्रान्सफर गर्दा प्रति कारोवार रु. १००।– (अक्षरेपि एक सय) देखि अधिकतम
रु. ५,०००।– (अक्षरेपि पांँच हजार) सम्म र प्रति दिन अधिकतम रु. १५,०००।– (अक्षरेपि पन्ध्र हजार)
सम्म ट्रान्सफर गर्न सकिनेछ ।
(ग) बंैक तथा वित्तीय संस्थाहरुमा रहेका खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरुले सञ्चालन गरेका वालेटमा सोही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा रु. ५०,०००।– (अक्षरेपि पचास
हजार) सम्म ट्रान्सफर गर्न पाइनेछ । साथै, उक्त रकम ट्रान्सफर गरिएकै दिन जुन प्रयोजनका लागि
ट्रान्सफर गरिएको हो सोही प्रयोजनको लागि भुक्तानी गर्नु पर्नेछ । तर, वालेटमा रहने अन्तिम मौज्दातको अधिकतम सिमा रु. २५,०००।– (अक्षरेपि पच्चीस हजार) भन्दा बढी हुनेछैन ।