बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

असईद्वारा म्यादी प्रहरीमाथि दुव्र्यवहार

सोमबार, मंसिर ११ २०७४

काठमाडौं मंसिर, ११–
म्यादी प्रहरीमाथि बेला बेलामा नेपाल प्रहरी भित्रैबाट दुव्र्यवहार हुदै आएका कुरा सार्वजनिक भैरहेका छन् । फेरि त्यस्तै एक म्यादी महिला प्रहरी नेपाल प्रहरीका असईबाट पीडित बनेको घटना सार्वजनिक भएको छ । नेपाल प्रहरीमा कार्यरत बनस्थली प्रहरी बिटका असई अनन्त कार्कीले महिला म्यादी प्रहरीमाथि पटक पटक दुव्र्यवहार गरेको स्रोतले बताएको छ । सोहि आरोपमा असई कार्कीलाई  महानगरिय प्रहरी आयुक्तको कार्यालयमा बोलाएर केरकार समेत गरिएको छ । जिम्मेवार पदमा बसेका प्रहरीबाटै यस्ता घटिया काम भएपछि प्रहरीको छविमाथिनै प्रश्न उठ्ने देखिन्छ ।