बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गायिका मेलीनाको गित सार्वजनिक, भिडियोमा मेलीनाकै अभिनय(भिडियो सहित)

सोमबार, मंसिर ११ २०७४

काठमाडौं मंसिर, ११–
चर्चित गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  पाश्र्व गायनमा निकै व्यस्त बनेकी गायिका राईको  ‘मेरो जिन्दगीको’ बोलको गित सार्वजनिक भएको हो ।

उक्त सार्वजनिक गीतको भिडियोमा मेलिनाले  आफै मोडलिङ गरेकी छिन् । त्यस्तै,  भिडियोमा रेवत राईले उनलाई  साथ दिएका छन्  । उक्त गीतमा  जगत नबोदितको शब्द तथा तारा प्रकाश लिम्बुको सङ्गीत रहेको छ । अलग एल्बम अलग उपहारमा संग्रहित यस गीतको भिडियोलाई मेलिनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 
ओम प्रसाईको छायाङ्कन रहेको यसगीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । प्रेम भाव व्यक्त गर्ने यसभिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।