बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देवयानीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आक्रमणको प्रयास, प्रहरीको स्कर्टिङमा सिन्धुपाल्चोकबाट काठमाडौं ल्याईयो

शुक्रबार, मंसिर ८ २०७४

काठमाडौं मंसिर, ८–
सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीलाई मौन अवधिमा चुनावी सभा गरेको भन्दै वाम गठवन्धनका कार्यकर्ताले अवरोध गरेका छन् ।  देवयानी केही दिनदेखि बुबालाई चुनाव जिताउन भन्दै सिन्धुपाल्चोकमा खटिएकी थिईन् । मौन अवधीमा सभा गरेको आरोपमा   वामपन्थी कार्यकर्ताले राणलाई आक्रमण प्रयास गरेपछि उनलाई सुरक्षाकर्मीले स्कर्टिङ गरेर काठमाडौं पठाएका छन् ।

आज  विहान चौतारा नगरपालिकाको कल्लेरीमा रहेको  कांग्रेस नेता यज्ञप्रसाद दंगालको घरमा स्थानीय भेला गरेको आरोपमा वामपन्थी कार्यकर्ताले आपत्ति जनाएका हुन् । प्रत्यक्षदर्शीका अनुसार विवादका क्रममा एकजनाले पानीको जारले देवयानीलाई प्रहार समेत गरेका थिए । 
तर,  पानीको जारले देवयानीलाई लाग्न पाएन । उनलाई तत्कालै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले सो ठाउँबाट भगाएको बताइएको छ ।

देवयानीलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरी सैनिक क्याम्पमा राखेको थियो । त्यहाँ पनि वामपन्थी कार्यकर्ताले नाराबाजी गरेपछि उनलाई सुरक्षा सहित काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यसैबीच, सिन्धुपाल्चोकको आकाशमा सेनाले हेलिकोप्टरबाट समेत गस्ती गरिरहेको छ ।

  सिन्धुपाल्चोक जिल्लालाई अति संवेदनशील जिल्लाका रुपमा समेत लिएको छ । सिन्धुपाल्चोकमा  नेपाल प्रहरीका एसएसपी सहित १३ जना डीएसपीको टोली कमाण्डोसहित  परिचालित भएका छन् ।