बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तारकेश्वरमा नगगपालिकामा ज्योति बिकास बैंकको शाखा

सोमबार, मंसिर ४ २०७४

काठमाडौं मंसिर, ४– 
ज्योतिविकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्नेक्रममा काठमाडौं तारकेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले  सोमबारदेखि काठमाडौंकोे तारकेश्वर नगरपालिका ११, नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको हो । 
उक्त शाखा कार्यालयको समुद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र  बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरुपमा गरेका हुुन् । 
तारकेश्वर नगरपालिका भित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको शाखा सञ्चालनमा आएको हो ।   यो नेपालटार शाखाले आफ्नो कारोबार संचालनमा ल्याएको हो । गत साता मात्रै बैंकले मकवानपुर जिल्लाको ग्रामिण भेग बागमती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, र महोत्तरी जिल्लाको रामगोपालपुरमा नँया शाखा संचालनमा ल्याएको थियो ।
आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामिण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिदै आएको कुरा बैंकले बताउदै आएको  छ  । उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका ११ नं. वडाका वडा अध्यक्ष बृन्दा बुढाथोकी,  वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो । 
२०६५ सालश्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ । 
हालसम्म बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गतआ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।