काठमाडौं मंसिर, ४–
हिजो मात्र पुत्र वियोग बेहोरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा प्रकाशको श्रदाञ्जलीमा सहभागि हुने तथा श्रदाञ्जली व्यक्त गर्ने सबैलाई धन्यावाद व्यक्त गरेका छन् । सोमबार दाहाल निवास लाजिम्पाटमा उनलाई भेट्न गएकाहरुलाई उनले त्यसो भनेका हुन् । अध्यक्ष प्रचण्डले केही बर्ष पहिले मात्र जेठी छोरी गुमाए लगत्तै फेरि छोरा गुमाउनु पर्दा आफूलाई सम्हालिन कठिन भैरहेको बताए । आफूले जति सक्दो चाँडो ‘नर्मल’ हुने प्रयास गरेको तर, हुन नसकेको जनाए ।
अध्यक्ष प्रचण्डले आफू हिजोको युद्धको मुख्य लिडरसिप भएकाले सबै कुरा भोग्दै आएकाले पनि ‘नर्मल’ अबस्थामा फर्किने प्रयास गर्न सकेको तर, अन्य परिवारलाई नर्मल अबस्थामा फर्किन सहज नभएको जनाए । उनले छोराको श्रदाञ्जलीदेखि दाहासंस्कारसम्म पाएको सबैको साथले आफूहरुलाई धैर्य गर्ने शक्ति प्रादान भएको भन्दै सबैलाई धन्यावाद समेत दिएका हुन् ।
आईतबार प्रचण्डपुत्र प्रकाशको ३६ बर्षकै उमेरमा ह्दयघातका कारण नर्भिक अस्पतालमा असमायिक निधन भएको थियो । सोमबार पनि दाहाल निवासमा प्रकाश दाहालप्रति श्रदाञ्जली दिनेहरुको भिड लागेको छ । प्रकाश दाहालको तस्विरमा फूल चढाउनेहरुको ठुलै घुइचो लागेको छ ।