काठमाडौं मंसिर, –
काठमाडौं विश्वविद्यालयले एमबिविएसका विद्याथीहरुबाट वार्षिक ११ लाख रुपैंया बढि लिएको पाइएको छ । उक्त विश्व विद्यालयले चिकित्सा शिक्षाको लागि विद्यार्थीसँग लिइने शुल्क कानुनविपरीत बढाएको भन्दै आलोचना तिव्र आलोचना हुन पुगेको हो ।
चालू शैक्षिक सत्रका लागि मन्त्रिपरिषद्का बैठकले तोकेको सीमाबाहिर गएर शुल्क निर्धारण गरेको भन्दै गुनासो आएपछि चिकित्सा शिक्षा आयोगले काठमाडौं विश्व विद्यालयले लाई छानमिन समेत सुरु गरेको छ । आयोगले प्रति विद्याथी नै मोटो रकम उठाएको संका गरेर छानमिन कार्य अघि बढाएको हो ।
आयोगको छानबिनको क्रममा केयूका उपकुलपतिको स्पष्टीकरण समेत सोधिसकको छ । उक्त बारेमा अमृतबजार साप्ताहिकले जानाकारी लिन खोज्ला सबै रिपोर्ट तयार गरेर मात्रै सार्वजनिक गरिने आयोगका पदाधिकारीहरुले बताए । आयोगले उपकुलपति डा. रामकण्ठ मकाजुलाई बोलाएर स्पष्टीकरण लिएको हो । चालू शैक्षिक सत्र एमबीबीएस र बीडीएस तहमा बढी शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएको थियो । केयूको सम्बन्धनमा सञ्चालन भएका मेडिकल कलेजलाई सरकारले निर्धारण गरेको शुल्क सीमाभन्दा बढी रकम उठाउन केयूले नै छुट दिएको थियो । निजी मेडिकल कलेजलाई केयूले साढे सात लाखसम्म बढी रकम लिन छुट दिने निर्णय गरेको छ ।
केयूको निणर्यमा आपत्ति जनाउँदै आयोगमा गुनासो पुगेको थियो । आयोगले एक चरण अध्ययन गरिसकेको जनाएको छ । अब आयोगले पूर्ण छानबिन गरी कारबाही गर्ने वा सच्याउन अवसर दिने विषयमा निर्णय गर्ने जनाएको छ ।
सरकारले एमबीबीएसका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । केयूले भने सरकारको निर्णयविपरीत काठमाडौंबाहिरका मेडिकल कलेजलाई ४९ लाख ९० हजारसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
केयूले सबैभन्दा बढी पोखरास्थित मणिपाल र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज भरतपुरलाई ४९ लाख ९० हजार शुल्क लिन पाउने व्यवस्था गरेको हो । सरकारी निर्णयअनुसार बीडीएसतर्फ १९ लाख ३२ हजार छ सय १२ रुपैयाँ शुल्क तोकेकोमा केयूले २२ लाख रुपैयाँ असुल्न अनुमति दिएको पाइएको हो । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।