सिमरा मंसिर, ४–
सोमबार कांग्रेस उम्मेदवार चढ्ने गाडीमा बम विष्फोट भएको छ । बाराको क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान प्रेसर कुकर बम बम विस्फोट भएको हो ।
आज बिहान साढे ५ बजे भएको बम विष्फोटका कारण बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालयका सिमराका अनुसार सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको गाडीमा बम विस्फोट भएको हो । प्रहरीले बम कसले विष्फोट गरायो भन्नेबारे अनुसन्धान भैरहेको जनाएको छ ।