४ मंसिर, काठमाडौं–
माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका प्रकाश दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पु¥याएपछि प्रचण्डले पार्टीको झन्डा ओढाएका थिए ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन माओवादीका शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा, जनार्दन शर्मा, हितमान शाक्य, पम्फा भुसाललगायत नेता पुगेका थिए ।
आजको नयाँ पत्रिकामा खबर छ, एमाले नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलगायत नेताहरू पुगेका थिए । चुनावी गतिविधिमा जिल्ला–जिल्लामा रहेका माओवादी केन्द्रका धेरै नेता दिउँसो १ बजे नर्भिक अस्पताल आइपुगेका थिए । प्रकाशलाई अस्पतालमै भेट्न एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह, डा. प्रकाशशरण महतलगायत पुगेका थिए ।