बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रुडेन्सियल इन्स्योरेन्सको १६ औं वार्षिक साधारणसभा सम्पन्न

आइतबार, मंसिर ३ २०७४

काठमाडौ मंसिर,३–
निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा २०७४ साल मंसीर एक गते शुक्राबार सिमरा, बारामा सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षश्री अशोक कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७३—०७४को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७३—०७४ मा एक अर्ब २५ करोड ८५ लाख ९४ हजार  ६ सय ५० रुपैयाँ प्रिमियम संकलन गर्न गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७३—०७४ मा आर्जन गरेको प्रिमियम अघिल्लो वर्षको तुलनामा ४४ दशमलव ३८ प्रतिशतले अधिक हो ।
आ.व. २०७३—०७४ मा कम्पनीले १७ करोड १३ लाख ८१ हजार ५  सय ५४ रुपैयाँ खुद  मुनाफा हासिल गर्न सफल भएको छ ।
कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम साविक ४२ करोड  ७६ लाख ८० हजार चुक्ता पूँजीमा कम्पनीको सोह्रौं वार्षिक साधारण सभाबाट २ सय ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । उक्त बोनश शेयर वितरण पश्चातकम्पनीको चुक्ता पूँजी ५१ करोड ३१ लाख २० हजार रुपैयाँ पुग्ने छ ।