बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्व राजदुत लामा चढेको गाडी दुर्घटना

बुधबार, कार्तिक २९ २०७४

काठमाडौं कात्तिक, २९–
पूर्व राजदुत कमानसिंह लामा चढेको गाडी दुर्घटना भएको छ । बुधबार बिहान  कोरियाका लागि पूर्व राजदूत  लामा चढेको गाडी पेप्सीकोलाको मनोहरा पुलमा दुर्घटना भएको  हो ।  विपरित दिशाबाट आएको ट्रकले  पेप्सीकोलाको मनोहरा पुलमा  लामा सवार बा ३ च ४१७५ नम्बरको बलेरोलाई ठक्कर दिएको हो । 
लामाका चालक धन बहादुर लोलेका अनुसार ट्रकको ठक्करबाट लामा चढेको गाडी क्षतिग्रस्त भएपनि मानविय क्षति भने भएको छैन । 
 पछिल्लो सिटमा बसेर  पेप्सीकोलामा रहेको  कार्यालयमा जाँदै गर्दा लामा कार दर्घटना भएको  हो ।