बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ललितादेवीको घाँटी रेटेर हत्या गर्ने एउटा श्रीमान

बुधबार, कार्तिक २९ २०७४

२९ कात्तिक, राजविराज– सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

धान काट्न आफ्नो खेत गएकी श्रीमती ललिताको हातबाट हँसिया खोसेर यादवले घाँटी रेटेर टाउको अलग गरिदिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । हत्यापछि भागेर घर गएका आरोपित यादवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा हिरासतमा राखेको छ ।

श्रीमान श्रीमतिबीच पारिवारिक कलह र विवाद भइरहेको छिमेकीले बताएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।