बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्ततः टुट्यो वाम गठवन्धन, एमालेले षडयन्त्र गरेको माओवादी आरोप

आइतबार, कार्तिक १९ २०७४

भक्तपुर कत्तिक, १९–
नेकपा एमाले र माओवादी केन्द्रबीचको गठवन्धन टुटेको छ । भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि   भक्तपुरमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको हो ।  एमाले चाँगुनारायण नगर समितिका पूर्वअध्यक्ष रमेश बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
 लगत्तै, माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा सार्वजनिक गरेको हो । माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उममेदवारलाई  बाम गठबन्धनको निर्णयले टुंगो लगाएको थियो । 
 
एमालेले आधिकारिक पत्र पठाएर जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको हो । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुरको चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र रहेका छन् भने समर्थकमा साविक चाँगुनारायण गाविसका पूर्वअध्यक्ष एवं एमाले जिल्ला नेता मोहनवीर श्रेष्ठ रहेका छन्।
एमालेले आइतबारसम्ममा उम्मेदवारी फिर्ता हुने आश्वासन दिएको तर उम्मेदवारी फिर्ता नगरेर माओवादी केन्द्रलाई धोका दिएको जिल्ला सचिवालय सदस्य सुनिल गोठेले बताए।
माओवादी केन्द्रले एमालेले षडयन्त्र गरेको भन्दै गठवन्धन टुटेको घोषणा गरेको हो । 
वाम गठबन्धनबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ मा माओवादीका मिलन सुवाल र क्षेत्र नं १ को प्रदेश क मा माओवादीकै देवीप्रसाद ढकाल र प्रदेश ख मा एमालेका रोमन शिलाकारको उम्मेदवारी दर्ता गरिएको थियो।
क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एमालेका महेश बस्नेत, उक्त क्षेत्रका क र ख दुईटै प्रदेशमा एमालेकै क्रमशः शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको थियो। 
यता एमाले भक्तपुरले भने गठबन्धन कायमै रहेको दावी गरेको छ। एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा परेको उम्मेदवारी फिर्ता नभएकै कारण गठबन्धन नटुट्ने बताएका हुन्।