बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छठ मनाउने क्रममा डुबेर मृत्यु

शुक्रबार, कार्तिक १० २०७४

कात्तिक १०, राजविराज – सप्तरीको रुपनी गाउँपालिका–३ स्थित पोखरीमा छठ मनाउने क्रममा शुक्रबार एक जना युवकको डुबेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुपनी गाउँपालिका कटैया निवासी उमेश साहका २० वर्षीय छोरा भूपेन्द्र रहेको प्रहरीले जनाएको छ । साहको छठ मनाउँदै गरेको अवस्थामा पोखरीमा पौडने क्रममा डुबेर ज्यान गएको स्थानीयवासीले जनाएका छन् । भूपेन्द्र काठमाडौँमा सिभिल इञ्जिनीयरिङ पढ्दै थिए ।