बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हत्या अभियुक्त पनि एमालेको उम्मेदवार

मंगलबार, असोज २४ २०७४

असोज २४, धनुषा – दुई ब्यक्तिको हत्या अभियोगमा थुनामा रहेको अभियुक्तको नाम पनि एमाले धनुषाले उम्मेदवारमा सिफारिस गरेको छ । 

एमालेले धनुषाबाट प्रतिनिधसभा र प्रदेशसभा सदस्य उममेदवारका लागि ७० जनाको नाम सिफारिस गरेकोमा थुनामै रहेका हत्या अभियुक्तको नाम पनि परेको हो । 

प्रतिनिधिसमा ८ निर्वाचित क्षेत्र रहेको धुनाषाबाट प्रत्यक्षतर्फ ३४ र समानुपातिक तर्फ ३६  उम्मेदवारको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट वैकल्पिक पोलिटब्युरो सदस्या योगनारायण यादप र सुधीरप्रसाद साहको नाम सिफारिस भएको छ । 

यसमध्येका यादव डेढ बर्षदेखि पुर्वक्षका लागि जलेश्वर कारागारमा छन् । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।