बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धितोपत्र बोर्डले बिश्व लगानीकर्ता सप्ताह मनाउने

सोमबार, असोज २३ २०७४

काठमाडौ असोज, २३–
नेपाल धितोपत्र बोर्डले बिश्व लगानीकर्ता सप्ताह मनाउने भएको छ । नेपाल धितोपत्र बोर्ड धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइएसको को एशोसियट सदस्य भैसकेको परिप्रेक्ष्यमा आईएसले २०१७ अक्टोबरमा विश्व लगानीकर्ता सप्ताह मनाउन आव्हान गरेअनुरुप बोर्डले पहिलो पटक लगानीकर्ता सप्ताह सम्बन्धमा न्यूनतमरुपमा केही कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो ।
सो अनुरुप लगानीकर्ताहरुका लागि विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिका तथा सञ्चार माध्याम मार्फत् सन्देशमुलक सामग्रीहरुको प्रकाशन, लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन र सञ्चार माध्यम मार्फत् धितोपत्र बजार सम्बन्धमा अन्तर सम्वाद लगायतका कार्यक्रम आयोजना गरी मनाउन लागिएको बोर्डले जनाएको छ ।