बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

आइतबार, असोज २२ २०७४

काठमाडौ असोज, २२–
मलेसियास्थित रिया आइएमईले  दशैं र तिहारको अवसरमाल्याएको ‘दशैं तिहारमाआइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका हुुन् । 

सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएको कम्पनीले जानकारी दिएको छ । उक्त रकम नेपालको सिन्धुपाल्चोकस्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ । 

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस््’ नामक सेवाग्राहीमूखि कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना)  संचालनमा ल्याएको छ ।  योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्कीड्र«’ मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिन्छ । 

भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका हुुन् ।  भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन  । उपहार प्राप्त गर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नु पर्नेछ ।