बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से बढ्यो, कारोवार रकम २७ करोडमा झर्यो

सोमबार, असोज ९ २०७४

 
काठमाडौ असोज ९
नेप्से बढेको भएपनि सेयर कारोवार रकम भने आज घटेको छ । नेप्से आज आठ दसमलव ५२ अंकले बढेर १५ सय ४५ दसमलव ४४ बिन्दुुमा चढेको छ भने सेन्सिटिभ दुई दसमलव दुुई अंकले बढेर तीन सय २४ दसमलव १३ बिन्दुुमा चढेको छ । एक सय ५४ कम्पनीहरुको तीन हजार चार सय ७४ वटा कारोवारमा छ लाख ३२ हजार ८९ कित्ता सेयर खरिद बिक्री भएको भने कारोवार रकम २७ करोड ७८ लाख ४७ हजार पाँच सय ८९ रुपैयाँ पुुगेको छ । 
आज कुुल नौ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको कारोवार सुचक बढेर व्यापार र होटल समुहको सुचक घटेको छ ।  बाँणिज्य बैक समुहको सुचक १० दसमलव ४६ अंकले बढेर १३ सय ३९ दसमलव सात बिन्दुुमा चढेकोमा १० करोड ८१ लाख ८१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि सात दसमलव ३९ अंकले बढेर १९ सय १९ दसमलव ५४ बिन्दुुमा चढेकोमा छ करोड ५२ लाख ४३ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक २१ दसमलव ७२ अंकले बढेर १८ दमसलव एक दसमलव तीन बिन्दुुमा चढेकोमा एक करोड ३९ लाख सात हजार चार सय  रुपैयाँको सेयर किनबेच भएको छ । 
यसबाहेक आज फाईनान्स, बीमा, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि क्रमश चार दसमलव ५८, १२ दसमलव दुुई, नौ दसमलव १४ र शुन्य दसमलव ५७ अंंकले बढेकाछन । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको बढेको मुल्य 
१ सिर्नर्जी फाईनान्स १५५ ९.९३
२ रिलायवल माईक्रो फाईनान्स २३७५ ६.५४
३ सेन्ट्रल फाईनान्स १८९ ४.९७
४ ग्रिन डेभलपमेन्ट बैंक ५६१ ४.२८
५ बिजय लघुबित्त बित्तीय संस्था १३५० ४.२६
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको घटेको मुल्य 
१ बिशाल बजार कम्पनी २५११ १०
२ तारागाउँ रेजिडेन्सी होटल २८० ४.०९
३ बरुण हाईड्रो पावर कम्पनी २१४ ४.०३
४ प्रोग्रेसिभ फाईनान्स २३६ ३.२७
५ गुुडविल फाईनान्स १७७ ३.२७