वीरगन्ज असोज, ६–
प्रदेश दुईको एकमात्र महानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । निरन्तर दोस्रो स्थानमा रहिरहेको राजपा अहिले तेस्रोमा झरेको छ भने दोस्रो स्थानमा संघीय समाजवादी फोरम उक्लिएको हो ।
अपराह्न तीन बजेसम्मको परिणामअनुसार मेयर पदका कांग्रेस उम्मेदवार अजय कुमार द्विवेदी ६ सय मतअन्तरले अघि छन् । द्विवेदीले ४ हजार ९४९ मत पाएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले ४ हजार ३०१ मतका साथ द्विवेदीलाई पछ्याइरहेका छन् ।
उनी राजपाका उम्मेदवार राजेशमान सिंहभन्दा ४३ मतअन्तरले अघि छन् ।