बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

३३० प्रादेशिक निर्वाचन क्षेत्रमा यो पटक कांग्रेसको जलपान

मंगलबार, असोज ३ २०७४

काठमाडौं असोज, ३–
सँधै केन्द्रमा मात्र आयोजना हुदै आएको नेपाली कांग्रेसको  दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यो पटकदेखि   प्रदेशका सबै  तहमा हुने भउको छ ।  यसअघि दशैंको कोजाग्रत पूर्णिमाको दिन केन्द्रमा मात्रै  जलपान कार्यक्रम गर्दै आएको कांग्रेसले यो पटकदेखि सातै प्रदेशका सबै तहमा गर्ने निर्णय गरेको हो । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यो  बर्ष  ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो । 
‘आसन्न संसदीय र प्रादेशिक निर्वाचनका लागि आम जनता माँझ क्रियाशील रहनु पर्ने भएकाले सो कार्यक्रमलाई अझ व्यापकता दिनु पर्ने आवश्यकता बोध गर्दै केन्द्रको सट्टा यस वर्षको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ,’ मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विक्रम संवत २०३३ सालमा प्रवासबाट स्वदेश फर्किएपछि वीपी कोइरालाले शुरु गरेको परम्परालाई निरन्तरता दिँदै दशैंको कोजाग्रत पूर्णिमको दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।