काठमाडौ भदौ, २६–
बुम रेमिटेन्स प्रालि र नेपाल बंंगलादेश बैक (एनबी) बिच सम्झौता भएको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको हो ।
बुमको नेपालमा ७५ वटै जिल्लामा चार हजार वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । एनबी बैकको नेपाल भरी ४७ वटा शाखाहरु र दुुई वटा एक्स्टेंसन रहेकाछन् । उक्त सम्झौतामा बुमका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र एनबीका तर्फबाट नायब महाप्रवन्धक सुरेन्द्र भूषण श्रेष्ठले सम्झौता पत्रमा हस्तक्षर गरेका हुुन ।
आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएकाछन । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुमले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् ।