काठमाडौं भदौ, २२–
निर्वाचन आयोगले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनका लागि विभिन्न कार्यतालिका सार्वजनिक गरेको छ । तेस्रो चरण अन्तरगत हुन लागेको उक्त निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेद्वारमाथि बिहीबार १० बजेदेखि दिउँसो १ बजे सम्म दावी बिरोधको सूचना दर्ता गर्ने समय मिलाईएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तो छ कार्यतालिका
२१ भदौः उम्मेदवारको मनोनयनपत्र दर्ता
२१ भदौः उम्मेदवारको सूची प्रकाशन
२२ भदौः उम्मेदवारको विरोधमा उजुरी दिने
२२ भदौः मनोनयनपत्र जाँच गर्ने
२३ भदौः मनोनयन भएकाको नामावली प्रकाशन
२३ भदौः उम्मेदवारले नाम फिर्ता लिने
२४ भदौः अन्तिम नामावली प्रकाशन
२४ भदौः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
२ असोजः मतदान
जम्मा स्थानीय तहः १३६
महानगरः १
उपमहानगरः ३
नगरपालिकाः ७३
गाउँपालिकाः ५९
जम्मा निर्वाचित हुने जनप्रतिनिधिः ६६२७
मतदानस्थलः २१६६
मतदान केन्द्रः ३५७८
कर्मचारीः ३१५००
जम्मा जनसंख्याः २६ लाख ६४ हजार