बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

“गुरुदक्षिणा”मा १० लाख

शुक्रबार, भाद्र १६ २०७४

भदौ १६, चितवन – आर्थिक अभावले उपचारमा समस्या झेलिरहेका माडी १ गर्दीका शिक्षक देवेन्द्र प्रसाद पौडेललाई पूर्वविद्यार्थीले १० लाख ४२ हजार रुपैयाँ सहयोग गरेका छन् ।

स्वदेश र विदेशमा रहेका पूर्वविद्यार्थीले स्वस्फुर्त रकम सहयोग गरेका हुन् ।

पौडेल लामो समहदेखि फेक्सोको क्यान्सरले पीडित छन् । अहिले भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार चलिरहेको छ ।

– उनले ०३५ पुसबाट माडी माविमा अध्यापनको काम सुरु गरेका हुन् ।
– ०४० पुसमा सोमेश्वर माविमा पढाउन सुरु पुगे ।
– ०७१ साउनमा अवकाश लिए ।

पूर्व विद्यार्थी उमाकान्त शमाृको नेतृत्वमा सामाजिक सञ्जाल फेसबुकमा सहयोग अभियान चलाइएको थियो ।  आजको कान्तिपुरमा खबर छ ।