बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनकपुरको एमाले भेलामा ढुंगामुढा

मंगलबार, भाद्र १३ २०७४

 काठमाडौं भदौ, १३–
जनकपुरमा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई  राजपाका कायृकर्ताले ढुंगा प्रहार गरेका छन् ।  प्रदेश नम्बर–२ मा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता नेपाललाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका हुन् ।

 रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले नेता नेपाललाई कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए । तर आठ–दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर गरेपनि  फेरि राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।

उनीहरुले एमालेलाई मधेस बिरोधी भन्दै कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर  राजपाका केही कार्यकर्ताले कालोझण्डा देखाएका थिए । एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए ।
 भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् ।