काठमाडौं भदौ, ९–
बिवादित नेशनल मेडिकल कलेजका बारेमा त्रिभुवन विश्वविद्यालयले बिज्ञप्ती मार्फत मुख खोलेको छ । विश्वविद्यालयले नेशनल मेडिकल कलेजलाई सर्वोच्च अदालतको आदेश अनुसार सम्बन्धन दिएको जनाएको छ । उसले विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।
विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘त्रिभुवन विश्वविद्यालयबाट २०७० असोज १० मा प्रकाशित सुचनाअनुसार काठमाडौ नेश्नल मेडिकल कलेजले कलेज सञ्चालनका लागि आवाश्यक पुर्वाधार तयार गरेको, मेडिकल काउन्सिलको टोलीले गरेको अनुगमनमा स्वीकृतिका लागि सरकारलाई राय हो ।’
त्रिविले सो कलेजलाई गत साउन १२ गते बसेको त्रिविसभा तथा कार्यकारी परिषदको बैठकको निर्णयअनुसार शैक्षिक वर्ष २०७४÷०७५ देखि एमविविएसका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्बन्धन दिएको थियो ।
