बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रमुख निर्वाचन आयुक्त भन्छन्ः राजपालाई कुनै पनि हालतमा छाता चिन्ह दिन सकिदैन

सोमबार, भाद्र ५ २०७४

काठमाडौं भदौ, ५–
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी (राजपा) लाई कुनै पनि हालतमा छाता चुनाव चिन्ह दिन नसकिने बताएका छन्  । यसअघि एउटा दलले छाता चुनाव चिन्ह माग गर्दै आयोगमा निवेदन परिसकेको उनको भनाई छ । बाढीले धेरै ठाउँमा बाटो बिगारेको, मतदान केन्द्र र निर्वाचन अधिकृतको कार्यालयमा क्षति पुर्‍याएको उनको भनाई छ ।   उनले भने,  ‘कानुनी र प्राविधिक कुनै पनि तरिकाले राजपालाई छाता चुनाव चिन्ह दिन सकिँदैन’  । 
अर्को प्रुङ्गमा  प्रमुख निर्वाचन आयुक्त डा. यादवले टेन्ट टाँगेर भएपनि प्रदेश २ को स्थानीय चुनाव गर्ने प्रष्ट पारेका छन् । उनले  प्रदेश २ का सम्पुर्णलाई निर्वाचनमा जुट्न समेत आहृवान  गरे ।
बाढीले धेरै ठाउँमा बाटो बिगारेको, मतदान केन्द्र र निर्वाचन अधिकृतको कार्यालयमा क्षति पुर्‍याएको उनले बताए  ।
सोमबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले भने,  ‘क्षति पुर्‍याएका बाटो र कार्यालय मर्मत गर्न सरकारलाई भनेको छु’ उनले भने, ‘चुनावअघि जति काम सकिन्छ ठीक छ । सम्पन्न हुन नसके टेन्ट टाँगेर भएपनि निर्वाचन हुन्छ ।’
प्रदेश २ को चुनावलाई लक्षित गरी जनशक्ति व्यवस्थापन र मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको बताउँदै उनले चुनावका निम्ति सबै तयारी भएको बताए ।