काठमाडौ भदौ, १–
अरुण भ्याली हाईड्रो पावर डेभलपमेन्ट कम्पनीले १० प्रतिसत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा आर्जन गरेको खुद मुनाफा मध्येबाट बोनस र कर प्रयोजनको लागि शुन्य दसमलव ५२ प्रतिसत नगद लाभांस बितरण गर्ने निर्णय गरेको हो ।
लाभांस बितरण सम्वन्धी सञ्चालक समितीले गरेको उक्त निर्णय कम्पनीको यही भदौ ३० गते हुुने २० औं बार्षिक साधारण सभाले पारित हुने छ ।